देशभरी अस्वाभाविक वर्षा / ३४ को मृत्यु, ४ बेपत्ता

काठमाडौं / साउन २९ : शुक्रबार रातीदेखि देशभरी भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ३४ जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता भएका छन् । मोरङमा ७, सप्ततरीमा ७ र सिन्धुलीमा ४ जनाको मृत्यु भएको छ । तराई क्षेत्रमा डुबान तथा कटान भएको छ भने पहाडि क्षेत्रमा पहिरो गएको छ । बबई नदीमा आएको बाढीमा कारण गुलरीया नगरपालिकामा २ सय जनालाई सुरक्षित स्थानतिर सारिएको छ भने १ सय ५५ जनालाई विभिन्न अस्थायी शिवीरमा सारिएको छ ।चितवनमा शनिबार मध्यान्नदेखि अविरल वर्षा भैरहेकोले माडी क्षेत्र, राप्ती किनार, सौराहा, कुमरोड, खैरानी, नारायाणी आसपासमा डुबान र कटान गरेको छ । वर्षातको कारण पहिरो जाँदा बाउने क्षेत्रमा पहिरो कारण नारायाघाट, बुटवललगायत हिजो अपरान्हदेखी बन्द भएको छ भने नारायणघाट–मुग्लिन सडक खण्ड पनि हिजो साँझदेखि बन्द छ । यसवर्ष मनसुन कमजोर भैरहेको चर्चा बेला बिहीबारदेखि न्यून चापीय रेखा उत्तरतिर सर्दा देशभरी अस्वाभाविक वर्षा भएको छ । वर्षा सोमबारसम्म जारी रहने मौसमविद्हरुले जनाएका छन् ।

२०७४ साउन २९ गते ७ :१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :