प्रथम इकाई सम्मेलन सम्पन्न

भीमबहादुर खड्का / चितवन, साउन २८ : एकीकृत जनक्रान्तिका महान् सहिद चन्द्रबहादुर सिंह ‘सनराइज’ स्मृति सभाको अवसर पारी नेकपा निकट अखिल (क्रान्तिकारी) ऋःऋ मूल इकाई समितिले प्रथम इकाई सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा ऋःऋ मूल इकाई समितिका अध्यक्ष प्रकाश चन्दको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी चितवनका इन्चार्ज लालबहादुर बिसीको प्रमुख आतिथ्यमा उक्त सम्मेलनले हेमराज भण्डारीको अध्यक्षतामा १५ सदस्यीय मूल इकाई समिति गठन गरेको छ । समितिका अन्य ससदस्यहरुमा उपाध्यक्षमा रामकृष्ण यादव, सचिवमा प्रविन लामा, कोषाध्यक्षमा हरेशकुमार यादव र सचिवालय सदस्यहरुमा अलिककुमार ठाकुर, सन्देश न्यौपाने, विक्रम लामिछाने, अटलविलाश घिमिरे, मुकेश शाह, निरन्जन पाण्डे, शुधारखु गौतम, मनु याादव, रोहित शाह, नसिम अरन्तर, पोषण शाह, मान्यता थापा, खहीना खानुल, निश्चल कार्की र अनुज गौतम छन् ।

प्रमुख अतिथि बिसीले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो ‘देशमा मेडिकल माफियाहरुले स्वास्थ्यलाई व्यापारीकरण गरी जनताको अधिकारलाई बञ्चित गरेका छन् । विद्यार्थीहरुलाई चर्को शुल्क असुल गरी पढ्न पाउने अधिकारबाट बञ्चित तुल्याएका छन् । आगामी दिनमा क्रान्तिकारी विद्यार्थीहरुले संघर्षमार्फत आम विद्यार्थीहरु पढ्न पाउने वातावरण निर्माण गर्ने अभियानमा लागि पर्न आह्वान गर्नुभयो ।’

 

 

२०७४ साउन २८ गते ९ ०८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :