नेकपा डडेल्धुरा भागेश्वर गाउँ कमिटीको बैठक सम्पन्न

नेकपा डडेल्धुरा भागेश्वर गाउँ कमिटीको बैठक सम्पन्न

डडेल्धुराः नेपाल कम्युनिष्ट पार्टी डडेल्धुरा अन्तर्गत भागेश्वर गाउँ कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा भागेश्वर गाउँपालिका सचिव गणेश बुढामगरको अध्यक्षता र अनेमसंघ क्रान्तिकारीका सुदुर पश्चिम संयोजक पुर्णिमा धामीको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न भएको हो ।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि धामीले दलाल संसदिय व्यवस्था फेल भइसकेको र यो व्यवस्थालाई विस्तापित गरेर नयाँ वैज्ञानिक समाजवादी व्यवस्था लागु गर्नको लागि सबै आम जनसमुदायलाई एकिकृत जनक्रान्तिको पक्षमा उभिन अपिल गरिन् ।

बैठकले १८ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । उक्त बैठकमा नेकपाका डडेल्धुरा जिल्ला स्तरीय नेता तथा अजयमेरु, गाउँपालिका कमिटी सेक्रेटरी दान बहादुर थापा ज्वालासहित अन्य नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको नेकपा डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :