नेकपा बैतडीद्वारा भ्रामक समाचारको खण्डन

तथ्यहिन समाचार प्रकाशन नगर्न सञ्चारमाध्यमलाई अनुरोध

नेकपा बैतडीद्वारा भ्रामक समाचारको खण्डन

नेपाल कम्युनिष्ट पार्टी बैतडीले ” बैतडीमा विप्लव नेकपाको चन्दा आतङ्क ” शिर्षकमा दिनेशखबर लगायतका मिडियाहरूमा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।पार्टीको बढ्दो लोकप्रियता, गहिरो जनसम्बन्ध र व्यापक संगठन विस्तार बाट आतंकित केही व्यक्तिले भ्रम फैलाएको बताउँदै आफ्नो पार्टीले कसैसँग पनि जबर्जस्ती चन्दा नलिएको स्पष्ट पारेको छ ।

आफ्नो पार्टी सरकारसँग वार्तामा रहेको र शान्तिपूर्ण रूपमा कार्यक्रम गरिरहेको पार्टीलाई उत्तेजित पार्नेगरि सञ्चारमाध्यमलाई यस्ता तथ्यहिन समाचार प्रकाशन नगर्न समेत अनुरोध गर्दछ विज्ञप्तीमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :