नेकपाको पहलमा कामबाट निकालिएकि लक्ष्मीको पुनस्थापना

नेकपाको पहलमा कामबाट निकालिएकि लक्ष्मीको पुनस्थापना

धनगढी : कैलालीमा दलित भएकै कारण जागिरबाट हटाएको समाचार सार्वजनिक भएपछि नेपाल कम्युनिस्ट पार्टी गोदावरी नगर समितिले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै छलफल गरेको छ। गोदावरी नगरपालिकाको वडा नम्बर १ र ३ मा पर्ने नवज्योती महिला सामुदायिक वनले २० वर्ष कार्यरत वन संरक्षकको रूपमा काम गर्दै आएकि लक्ष्मी ताम्राकारलाई हटाएको समाचार सार्वजनिक भएपछि पार्टीले लक्ष्मी र सामुदायिक वनका पदाधिकारीसँग छलफल गरेको हो ।

नगर सेक्रेटरी साजनको नेतृत्वमा रहेको टोलीले सामुदायिक वनकि अध्यक्ष धनेश्वरी पाण्डेय लगायतसँग छलफल गर्दा जातियताका आधारमा नभई लामो समय काममा नआएपछि हटाउने निर्णय गरेको उनले बताएकि हुन्। पार्टीसँगको छलफलपछि उनलाई काममा पुनर्स्थापना गर्न सहमत भएको गोदावरी सेक्रेटरी साजनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :