नेकपा तानसेन नगरको प्रथम भेला सम्पन्न

नेकपा तानसेन नगरको प्रथम भेला सम्पन्न

पाल्पाः नेपाल कम्युनिस्ट पार्टी तानसेन नगरको प्रथम भेला सम्पन्न भएको छ । बुधबारपाल्पाको सदरमुकाम तानसेनमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले वर्तमान सत्ताले आम नागरिकहरुलाई कुनै सेवा नगरेको र बरु उल्टो भारत, अमेरिकाको पूरापूर दलाल बनेर राष्ट्रघाती काम गरेको बताइन् । विदेशीहरुको दलाल बनेर उनीहरुको सेवा गरेको यो राष्ट्रघाती अपराधी काम गरेर विदेशीहरुको सेवा गर्ने तथा आम नागरिकहरुलाई शोषण गर्ने दलाल पुँजीवादि संसदीय व्यवस्थालाई जनताहरुले बहिष्कार गरेको जिकिर गरिन् । जनताको बहिष्कारमा परेको सत्ता अब असफल सिद्ध भएको हुँदा यसको विकल्पमा अनिवार्य वैज्ञानिक समाजवादी सत्ता स्थापना हुनुपर्ने बताइन् । जुन वैज्ञानिक समाजवादी सत्ताले राष्ट्र र जनताको सेवा गर्न सक्छ, त्यसैले अहिले नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको व्यवस्थाका लागि गरिने जनमत संग्रहबाट वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा लागेर जिताउन समेत निर्देशित गरेको बताइएको छ ।

यस्तै भेलाका अर्का अतिथि नेपाल कम्युनिस्ट पार्टीका सचिव प्रभात, दलित मुक्ति मोर्चा, नेपाल पाल्पाका अध्यक्ष लाल बहादुर ठडराई,नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जनसेवकका सुकुमार भौजा, जनपत्रकार संगठन नेपाल पाल्पाका जिल्ला इन्चार्ज मुक्ति गैरे लगायतको उपस्थिति थियो भने कार्यक्रमको अध्यक्षता सुमन क्षेत्रीले गरेका थिए । कार्यक्रमको सञ्चालन दिपेश थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :