नेकपा बर्दियाद्वारा अवैध हड्डी बरामद

नेकपा बर्दियाद्वारा अवैध हड्डी बरामद

रमेश प्याकुरेल
२० श्रावण/बर्दिया
नेपाल कम्युनिष्ट पार्टी बर्दियाले बढैयाताल गाउँपालिका वडा नम्बर ३ बाट अवैध हड्डी बरामद गरेको छ। बढैयाताल गाउँपालिका इन्चार्ज राजेन्द्र, बाँसगढी नगर इन्चार्ज शक्तिको नेतृत्वमा गएको टोलीले २१ हजार किलोग्राम अवैध हड्डी बरामद गरेको हो ।


भारत घर भई बढैयाताल गाउँपालिका ३ बस्ने कमलपति यादव र विशेश्वर यादवले लामो समयदेखि विभिन्न जनावरहरूका हड्डी अवैध रूपमा सङ्कलन गरि भारत निर्यात गर्ने गरेको सूचनाका आधारमा गएको टोलीले हड्डी बरामद गरि इलाका प्रहरी कार्यालय मैनापोखरमा बुझाएको हो  ।नेकपा बर्दियाले चोरीतस्करी ,भ्रष्टाचार, लागूऔषध नियन्त्रणजस्ता सामाजिक रूपान्तरणको अभियान चलाइरहेको बेला नियन्त्रणमा लिइएको बाँसगढी नगर इन्चार्ज शक्तिले बताए।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :