जयसिंह धामीको हत्या विरुद्ध नेकपा चितवनद्वारा विरोध र्‍यालीसहित प्रदर्शन

जयसिंह धामीको हत्या विरुद्ध नेकपा चितवनद्वारा विरोध र्‍यालीसहित प्रदर्शन

चितवनः नेपाल कम्युनिस्ट पार्टी चितवनले दार्चुलामा तुइनमार्फत महाकाली नदी पार गर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले तुईन काटि दिएपछि महाकाली नदीमा खसेर जयसिंह धामीको हत्या भएको घटनाको विरुद्ध विरोध र्‍यालीसहित विरोध सभा सम्पन्न गरेको छ ।

नेकपाको केन्द्रिय कार्यक्रम अनुसार भरतपुरको चौबीसकोठिबाट निस्किएको विरोध र्‍याली विरेन्द्र क्याम्पस गेटमा पुगेर सभामा परिणत भएको थियो । नेकपाले यस घटना नेपालीमाथि भारतीय पक्षको क्रूर ज्यादती भएको बताउँदै सिमामा नेपालीमाथि हुने यस्ता प्रकारका ज्यादती तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

साथै नेकपाले कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता नेपाली भूभाग भएकोले भारतीय पक्षलाई उक्त भूभाग छोड्न समेत आग्रह गरेको छ । नेकपा चितवनले आयोजना गरेको विरोध र्‍यालीमा भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, जय सिंह धामीलाई न्याय दे, नेपाल र नेपालीमाथि भएको हत्या, हिंसा बन्द गर, घटनामा संलग्न दोषीलाई कारबाही गर जस्ता नारा गुञ्जिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :