पुलबाट खस्दा वृद्धा बेपत्ता

काठमाडौं / साउन २२ : स्याङ्जा, भीरकोट नगरपालिका–७ स्थित देउरालीमा बस्ने वर्ष ६५ की डिलमाया माझी आँधीखोलामा  पलुबाट खस्दा बेपत्ता भएको  छ । प्रत्यक्षदर्शीका अनुसार भीरकोट नगरपालिका–१ हेलुबजारबाट घरतर्फ जाँदै गर्दा वृद्धा माझी शिवमन्दिर नजिक रहेको झोलुङ्गे पुलबाट आँधीखोलामा खसेको बताइएका छन् । झोलुङ्गे पुलबाट आँधीखोलामा खसेकी माझीको प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।

 

२०७४ साउन २२ गते ७ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :