नेकपाको केन्द्रीय कार्यालय निर्माणमा काठमाडौँ महानगर समितिको श्रमसहभागितासहित सहयोग हस्तान्तरण

नेकपाको केन्द्रीय कार्यालय निर्माणमा काठमाडौँ महानगर समितिको श्रमसहभागितासहित सहयोग हस्तान्तरण

काठमाडौँ: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर समितिले पार्टीको केन्द्रिय कार्यालय निर्माणमा श्रमसहभागितासहित सहयोग हस्तान्तरण गरेको छ । पार्टी कार्यालय निर्माणको लागि महानगर समितिले श्रमसहभागितासहित सहयोग हस्तान्तरण गरेको छ । केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको ३ बुँदे सहमति सम्झौता पश्चात् उक्त पार्टीले केन्द्र देखि जिल्लासम्म नेता, कार्यकर्ताहरुकै श्रमबाट पार्टी कार्यालय निर्माणको नीति लिएको छ ।

पार्टीको  उक्त नीती अनुरुप ललितपुरमा केन्द्रिय कार्यालय निर्माण गरिने नेकपा स्रोतले जानकारी दिएको छ । उक्त पार्टी कार्यालय निर्माणको लागि नै महानगर समिति त्यहाँ पुगेको हो । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाडौका सचिवालय सदस्य समेत रहेका महानगर समितिका ईन्चार्ज अविरल चन्दको नेतृत्वमा महानगरका दर्जन बढी नेता कार्यकर्ताको टोली त्यहाँ पुगेर दुर्इ दिनदेखि लगातार श्रममा जोडिएका छन् । श्रमसँग नजोडिने व्यक्ति कम्युनिष्ट बन्न नसक्ने भन्दै ईन्चार्ज अविरलले नेपाली जनताको आशा र भरोसाको केन्द्र नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय निर्माणमा श्रम गर्न पाउँदा महानगर समितिले गौरव बोध गरेको बताए ।

साथै केन्द्रिय कार्यालय निर्माणमा भैरहेको व्यवस्थापनलाई सहजीकरण गर्न खाद्यान्न लगायतका सामाग्री पनि पार्टी कार्यालय निर्माण तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नेता चन्दका अनुसार महानगर समितिले १५ केजी दाल, १ बोरा चिउरा, ३ प्याक मास्क, ४ पोका दालमोठ, ३ लिटर तेल, ४ प्याक मस्यौरा, २ पेटी चाउचाउ, १० पोका नुन, २ प्याक बिस्कुट, २ केजी चिनी, १ प्याकेट जिरा, १ प्याक भजियाु १ प्याकेट बेसार लगायत थुप्रै सामा्रगीहरु हस्तान्तरण गरेको बताए । श्रमसहभागितामा सहभागी हुने र खाद्यान्न सामाग्री संकलनमा सहयोग पु¥याउने सम्पूर्णलाई महानगर समिति ईन्चार्ज अविरलले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :