नेता रणवीरको स्वास्थ्यमा समस्या : सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा लगियो

नेता रणवीरको स्वास्थ्यमा समस्या : सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा लगियो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन पोलिट व्युरो सदस्य भरत वम ‘रणवीर’ लाई सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा लगिएको छ । मुटुको समस्याका कारण सहिद गङ्गालाल हृदयरोग केन्द्रमा नेता रणवीरलाई लगिएको बुझिएको छ ।

फरक राजनैतिक आस्थाका कारण हाल केन्द्रीय कारागार सुनधारामा बन्दी बनाइएका नेता भरत वम ‘रणवीर’ २०७६ वैशाख २५ गते कोहलपुरबाट गिरफ्तार परेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :