पेट्रोलियम पदार्थको मुल्यबृद्धि खारेज गरः लोहनी

पेट्रोलियम पदार्थको मुल्यबृद्धि खारेज गरः लोहनी

काठमाडौँ : राष्ट्रिय जागरण मञ्चले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि खारेज गर्न माग गरेको छ । मञ्चका संयोजक गुणराज लोहनीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जनताको दैनिक जीवनमा प्रभाव पर्ने गरी गरिएको मुल्यबृद्धि खारेज गर्न माग गरेका छन् । कोरोना महामारी, बाढि पहिरोले जनताको जीवन कस्टकर बनिरहेको यस्तो संगिन घडिमा पनि सरकारले जनताको दैनिक जीवनमा प्रभाव पर्ने गरी महिनाको ३ पटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढाएर जनताको जीवन सकसपूर्ण बनाएको भन्दै मन्चले पेट्रोलियम पदार्थको मूल्य तुरुन्त खारेज गर्न जोडदार माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :