डोक्लाम विवादको वास्तविकता

काडमाडौं/साउन २०ः डोक्लामस्थित चीन–भुटान क्षेत्र ठूलो युरोनियम खानी भएको क्षेत्र हो भन्ने कुुुरा अध्ययनले पुष्टि गरिसकेको छ । सन् १९४९ को भुटान –भारत सन्धिअनुसार भुटान भारतीय नियन्त्रणमा छ । सो क्षेत्र वरिपरी सयौं वर्षलाई पुग्नेगरि युरोनियमको खानीरहेको ६० को दशकमा पुष्टि भएको थियो । भौगर्भिक सर्भे अफ इण्डिया (जीएसआई) ले सो कुरा पुष्टि गरेपछि थिम्पुमा सीमित भारतीय सैनिक अड्डा डोक्लाममा विस्तार गरियो । भुटानको सदनमा त्यहाँबाट भारतीय सेना हटाउनु पर्ने माग पनि उठ्यो । तर पनि भारतीय सेना हट्नुको सट्टा थपिएका छन् । चीन त्यसबाट बेखबर छैन । त्यसैले डोक्लाम विवादलाई युरेनियम कब्जाको प्रतिस्पर्धा ठानिएको छ । भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले सो खुलासा गर्दै चीन–भुटान विबादमा तेस्रो पक्षको आवश्यकता नभएको बताएका छन् ।

 

२०७४ साउन २० गते ७ः०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :