भेनेजुएलामा विपक्षी नेता पक्राउ

काठमाडौं / साउन १७ :  भेनेजुएलामा अमेरिकी उक्साहटमा विपक्षी दलहरुले हिंसात्मक गतिविधिलाई तीव्र पारेको भन्दै भेनेजुएलाका प्रमुख २ विपक्षी नेताहरु लयोपोल्दो लोपेस र एन्टोनियो खोसेले देसमुदियासलाई प्रहरीले पक्राउ गरेको छ । परिवारका सदस्यहरुकाअनुसार उनीहरुलाई कहाँ लगिएको हो अहिलेसम्म जानकारी दिएको छैन । लोपेसकी श्रीमतीले स्थानीय समयअनुसार करिब साढे १२ बजे घरबाट लोपेसलाई लगिएको बताएकी छन् । संविधानसभाको निर्वाचन हुनु केही दिनअघि पहिलो पटक सरकारी टेलीभिजनमा सम्बोधन गर्दै मडुरोले लोकतन्त्रलाई खतरामा पार्न लागेको बताएका थिए ।

२०७४ साउन १७ गते  ५ :५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :