नेकपा जुम्लाद्वारा शाहीप्रति श्रद्धाञ्जली

नेकपा जुम्लाद्वारा शाहीप्रति श्रद्धाञ्जली

जुम्ला : नेकपा जुम्लाले शोक वक्तव्य जारी गर्र्दै जिल्लाको हिमा गापा ७ धाँचु गाउँ निवासी नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्ला सेक्रेटरी बिर्खबहादुर शाही ‘प्रभाजित’ का बुबा ददिमल शाहीको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ ।

जिल्ला इन्चार्ज विराटद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘जुम्ला जिल्ला हिमा गापा ७ धाँचु गाउँ निवासी नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्ला सेक्रेटरी कमरेड बिर्खबहादुर शाही ‘प्रभाजित’ का आदरणीय बुबा श्री ददिमल शाहीको ८९ वर्षको उमेरमा आज मिति २०७८ साल वैशाख २२ गते बिहान ९ः३० बजे असामयिक निधन भएकाले हाम्रो पार्टी गहिरो शोक व्यक्त गर्दछ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘आदरणीय बुबाले पार्टी, क्रान्ति र परिवर्तनमा पुर्याएको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । शोकस्तब्ध परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :