ट्रम्प चीनबाट निराश

काठमाडौं / साउन १५ : अमेरिकी शक्तिहरुलाई चुनौती दिदै उत्तरकोरिया निरन्तर आवणविक परीक्षण गर्दै आइरहेको छ । उक्त क्षेप्यास्त्र परीक्षण कार्यक्रम बन्द गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिने जति प्रयास नगरेको भन्दै चीनबाट निराश भएको बताएका छन् ।

प्योङयाङले एक महिनामा दोस्रो पटक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि ट्रम्पले समाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

उत्तर कोरियाले हालै अमेरिकाको जुनसुकै क्षेत्रमा क्षेप्यास्त्र मार हान्न सक्ने शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । त्यसलाई रोक्न चीन कुनै भूमीका नखेको अमेरिकाको आरोप छ ।

२०७४ साउन १५ गते  ३ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :