ढुंगााले घरको धुरी भाँचिदा ३ जना घाइते

काठमाडौं / साउन १२ : बिहीबार बिहानैबाट भएको अविरल वर्षाले महाकाली नपा–४स्थित बंगाबगडमा पहिरोसंगै माथिबाट आएको ढुंगाले घर थिच्दा ३ जना घाइते भएका छन् । घाइते हुनेमा मार्मा गाउँपालिका मुरैका हरकसिंह महता, दुहु गाउँपालिका ४ धारीका गोबडे भनिने काशी दत्त भट्ट र महाकाली नपा–१ धम्पनेराका गोरै धामी छन् । गगन सिंह धामीले होटल सञ्चालन गर्दै आइरहेको सुरज सिंह ऐतवालको उक्त घरकोबीच भागमा माथिबाट आएको ढुंगााले धुरी भाँचिदा भित्र बसिरहेका ३ जना घाइते हुनुका साथै होटल पूर्ण रुपमा क्षति भएको छ । घाइतेहरुको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरी निरीक्षक लालबहादुर साउदले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :