मालवाहक सवारी साधनसहित चालक त्रिशूली नदीमा बेपत्ता

काठमाडौं / साउन १२ : धादिङ, गजुरी गाउँपालिका–२स्थित बिहानीपम्प नजिकै बिहीबार बिहान मालवाहक सवारी साधन त्रिशूली नदीमा खस्दा साधनसहित चालक काले नेपाली बेपत्ता भएका छन् । बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो । उक्त साधनमा कतिजना थिए भन्ने खुलेको छैन । बेपत्ता भएका सधनको खोजी भइरहेको तर वर्षाका कारण नदीको बहाव बढेकाले केही समस्या भएको जिल्ला प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :