पछिल्लो राजनीतिक घटनाक्रम र कतार मोर्चा

नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनको रुपमा स्थापित भएर सामाजिक कामहरुलाई सिरोपर गर्दै अगाडि बढेको एउटा बैचारिक संगठन भएको हुनाले पनि नेपाली जनप्रगतिशील मोर्चा कतार नेपालका राजनीतिक घटना क्रमहरुलाई गहनरुपले नियाल्दै आएको छ । पछिल्लो राजनीतिक उछ्लकुदले देशमा एउटा तरलता त ल्याएकै छ भने प्रतिक्रियावादीहरुको निंद समेत हराम भएको अबस्था छ । यो तरलता र निंद हरामको बीचमा प्रवासी नेपाली मजदुरहरुको मनमा हजरौँ प्रश्नहरुले स्थान पाउनु स्वभाविक नै हो ।

आफ्नो रगतलाई पसिनाको रुपमा बगाउँदै विदेशी भूमिबाट आफ्नो परिवारमा खुशी दिने प्रयासमा अहोरात्र खटिरहेका प्रवासी नेपाली मजदुरहरुका मनमा उब्जिने केही मुख्य प्रश्नहरु जस्तै : के विप्लव पनि संसदीय दलदलमा फसेकै हुन त ? के विप्लवको एकीकृत जनक्रान्ति पनि यतिकै लागि हो त ? जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिदहरुको रगतको मूल्य यहि नै हो त ? एकीकृत जनक्रान्तिमार्फत बैज्ञानिक समाजवादको विकास होला र स्वदेशमै रोजगारी गरि परिवारसँग बसेर साँझ बिहान बिताउला भन्ने आसमा रहेका नेपाली मजदुरहरुले आफ्नो सपना यहि समाप्त हुने हो त ? भन्ने प्रश्नहरु आफैसँग गर्दै आफैले आफ्नो अनुकुलतामा जवाफ दिँदै बस्नु भएको होला र वास्तवमा हिजोका इतिहासहरुले ती प्रश्नहरु जन्मनु स्भाविक पनि हो । तर सत्य त्यो हैन ।

हालै मात्र नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारसँग भएका ३ वटा बुँदाका सहमतिहरु :

१. दुवै पक्ष (नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी) देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएको छ ।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनैनिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्न सहमत भएको छ ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी माथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

यी सहमतिहरुले पनि त्यतातिर संकेत गर्दैन भन्नेमा विस्वस्थ हुन जरुरी छ । हिजो दिल्ली, लखनउ र कलकत्तामा भएका वार्ताहरुसँग कतै मेल खाँदैन । अझ यसलाई सहज रुपमा बुझौँ यो वार्ता नभई बिगतमा सरकार आफैले चालेको गलत कदमलाई हतारहतार आफैले सच्याएका छन् भन्ने बुझ्दा अझ उपयुक्त होला । सहमतिको बुँदा १ लाई हेर्ने हो भने नेपाल सरकारले २०७५ फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टी माथि लगाएको प्रतिबन्ध भन्दा पहिले पनि पार्टीले हाम्रा मागहरु राजनीतिक हुन् यसको समधान सरकारले टेवलबाट गर्नुपर्छ भनेकै थियो । २ लाई हेरौँ दलाल भ्रस्टाचारीहरुलाई गरिएका कारवाहीहरु पनि अपराधको तुलनामा शान्तिपूर्ण तरिकाले नै गर्दै आएको थियो । भने ती सबै अवस्थालाई मध्यनजर गर्दै आवेगमा आएर लगाइएको प्रतिबन्धका कारण झुटा मुद्दा लगाउँदै गर्दा आफ्नै राजनीतिक धरातल जनतामाँझ नाङ्गिन थालेपछि आफ्नो गल्तिलाई सच्याउँदै सरकार पक्ष तेस्रो बुदामा बाध्य भएर सहमत भएको छ । यो रणनीतिक रुपमा नेपाल कम्युनिस्ट पार्टीको जित हो । यहाँ एकीकृत जनक्रान्तिलाई असर पर्ने त कुनै कुरै छैन अझ सांगठनिक रुपमा बलियो भएर बैज्ञानिक समाजवादको बाटोमा लम्किन मद्दत पुगेको छ, जनताको पार्टी खुला रुपले जनतामा जान आधार तयार भएको छ यो सहमतिले पनि ।

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारसँग भएका ३ वटा बुँदाका सहमतिहरु : १. दुवै पक्ष (नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी) देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएको छ । २. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनैनिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्न सहमत भएको छ । ३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी माथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

एकथरी मानिसहरुले यो सहमति गराएर केपी ओलीलाई राजनैतिक उपलब्धि हासिल हुनेछ भन्दै गरेको पनि पाइन्छ । तर, त्यो पनि सत्य साबित हुने छैन । जनताले बुझ्न जरुरी छ आवेगमा लिएको निर्णयलाई आफै सच्याउनुलाई उपलब्धि कसरी मान्न सकिन्छ ? प्रतिसोध साध्ने गरि गरिएको प्रतिबन्ध त छर्लङ्ग नै थियो । पछिल्लो समय राजनैतिक मोर्चाका जनसभाहरुमा जनताको उपस्थितिलाई देखेर बाध्य हुँदै केपी सरकारले यो कदम चालेको हो अनि जनताबाट कसरी उसलाई उपलब्धि हुन सक्छ ?

हामी माटोमा पुरिन तयार छौँ तर सहिदका सपनाहरु अधुरो छोड्ने छैन भन्ने महासचिव क. विप्लवको सम्बोधनले पनि ठोस गराउछ कि आदरणीय प्रवासी मजदुरहरु तपाईहरुले देखेको सपना पूरा हुन समय लाग्न सक्छ तर एकीकृत जनक्रान्तिले अवस्य पूरा गर्नेछ । जनयुद्धदेखि जन आन्दोलन तथा एकीकृत जनक्रान्तिमा सहादत प्राप्त गर्नु भएका महान् सहिदहरुको सपना सिरोपर राखी नेपाल कम्युनिस्ट पार्टी अगाडि बढिरहने छ । एकीकृत जनक्रान्तिले आफ्नो लक्ष प्राप्त गरेर नै छाड्नेछ । संसदीय व्यवस्था कै सरकारका प्रधानमन्त्री सँगै उभिएर यो दलाल संसदीय व्यवस्था हो, यो असफल भैसकेको छ अब यसको विकल्प खोज्न हामी तयार छौँ भन्दै पार्टीका महासचिव क. विप्लवले भनिरहँदा नेपाली जनताले स्वाभाविक रुपमा बुझ्नेछन् एकीकृत जनक्रान्ति रोकिने छैन भन्ने कुरा त ।

हिजो भ्रष्टाचारी गोकुल बास्कोटा, राज्यको कर छल्ने एनसेल लगायतका अपराधीहरुलाई नेपाल कम्युनिस्ट पार्टीले कारवाही गरिरहँदा पार्टीलाई आतंककारीको भिल्ला भिराउन तत्पर प्रचण्डहरुले कुर्सी खोसिने बितिकै गोहीको आँसु झार्दै आम जनतामा भ्रम छर्न सिपालु प्रचण्डहरुले प्रतिबन्ध गलत थियो भन्न भ्याए, तर जब प्रतिबन्ध फुकुवा भयो अब विप्लवले आफ्ना कमिसन दाताहरुलाई छोड्ने छैनन् भन्ने बुझेपछि विभिन्न बहाना देखाउँदै आफ्नो निंद हराम भएको दर्साइ रहेका छन् । हिजो हजारौँ सहिदका सपनाहरुलाई कौडीको भाउमा बेच्दै आफ्ना परिवारलाई मन्त्री सांसद मेयर बनाउने प्रचण्डहरुको निंद हराम त हुनु नै पर्छ भैरहेको पनि छ ।

नेपालमा परिवर्तन चाहने, रोजगारीको ग्यारेन्टी होस भन्ने चाहने, पारिवारिक समस्याहरु परिवारसँगै बसेर समाधान खोज्न हैसियत बनाउन चाहने प्रवासको पिडाबाट मुक्त भई स्वदेशलाई नै बिकसित मुलुकको रुपमा स्थापित गर्न सपना देख्ने तपाईं हामी प्रवासी नेपाली मजदुरहरुले एकीकृत जनक्रन्तिको बाटोलाई अँगाल्नै पर्छ । हामीले हाम्रो स्थानबाट सक्ने सहयोग गर्नै पर्छ भन्ने बुझाई राख्ने सम्पूर्ण प्रवासी नेपाली मजदुरहरुलाई नेपाली जनप्रगतिशील मोर्चा कतारमा सहभागी हुन अपिल गर्दै, नेपाल कम्युनिस्ट पार्टी तथा संयुक्त रणनैतिक संयुक्त मोर्चाका हरेक संघर्षका कार्यक्रमहरुलाई प्रवासबाट गर्न सकिने हरेक किसिमका सहयोगहरु गर्न नेपाली जनप्रगतिशील मोर्चा कतार प्रतिबद्ध छ । साथै हरेक कदमको खुलेर नैतिक समर्थन् गर्दछ ।

लेखक : जय किशोर पोद्दार ‘जेपी’ नेपाली जनप्रगतिशील मोर्चा कतारका अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :