राष्ट्रियताविरोधी अर्को चलखेल

नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरूमा यहाँका शासकहरूबाट बारम्बार घात भइरहेको छ । नेपाली शासकहरूले आफ्नै स्वार्थका लागि गर्ने घातको शृङ्खला र त्यसको मात्रा दैनिक बढिरहेकै समयमा बाहिरी स्वार्थबाट प्रभावित भएर हुने गरेका घातका तानाबानाहरू पनि बढिरहेकै छन् इतिहासदेखि नै जनता सधैँ राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाईलिएर लडिरहेका छन् तर शासकहरू जहिले पनि यसका विरुद्ध घात गरिरहेका छन् । 

नेपालको राष्ट्रियतामाथि विदेशी शक्तिहरूबाट बारम्बार अतिक्रमण रहस्तक्षेप भइरहेको छ । यस्तो हस्तक्षेप भूगोल हुँदै संस्कृति, राजनीति, अर्थ व्यापारलगायत क्षेत्रसम्म फैलिएको छ । इतिहासमा अङ्ग्रेज साम्राज्यवादले नेपालको राष्ट्रियतामाथि नाङ्गो हस्तक्षेप गरेको थियो र त्यसका विरुद्ध नेपाली जनताले निरन्तर निर्मम संघर्ष गरेर मुलुकको राष्ट्रियताको रक्षा गरेका थिए । 

नेपालले भोटसँग पनि लडेर राष्ट्रियता बचाएको इतिहास छ । भारतमा शासन गरिरहेको बेलायती साम्राज्यवाद त्यहाँबाट फर्किएपछि भारतले नेपालमाथि सोही प्रकारको हस्तक्षेप लाद्यो । त्यो अहिले पनि जारी छ । नेपाली जनताले अङ्ग्रेजसँग भन्दा लामो लडाइँ भारतीय विस्तारवादसँग लड्नुपरेको छ किनकि विस्तारवादले नेपालका एक सयभन्दा बढी स्थानमा कब्जा गरेको छ ।

असमान सन्धिसम्झौता गराएर नेपाललाई सधैँ भारतको दास बन्न बाध्य पार्ने चालबाजी खेलेको छ । यहाँको संस्कृति, सञ्चार, राजनीति, कूटनीतिदेखि अर्थ वाणिज्य र व्यापारमा पनि भारतीय हस्तक्षेप जारी छ । हुँदाहुँदा भारतले नेपालमाथि भाषाका माध्यमबाट पनि हस्तक्षेप गर्ने चाल चलिरहेको छ । नेपालमा हिन्दी भाषा लाद्ने भारतीय षड्यन्त्र यसकै एउटा नमुना हो । यसका विरुद्ध विगतदेखि वर्तमानसम्म निरन्तर संघर्ष हुँदै आएको छ ।शासकहरू दलाल र राष्ट्रघाती बन्दा पनि देशभक्त नेपाली जनताको निरन्तरको संघर्षबाटै नेपालको राष्ट्रिय अस्मिता जोगिएको छ । यतिबेला फेरि माओवादी केन्द्र (माके का अध्यक्ष पुष्पकमल दाहाल नेपालका प्रधानमन्त्री बनेका छन् ।

दाहाल र काङ्ग्रेस सभापति शेरबहादुर देउवाका बीचमा गठबन्धन बनाइदिएर दक्षिणी मुलुक भारतले नेपालबाट के अपेक्षा गरेको छ भन्ने कुरा बुझ्न अब नेपालीलाई त्यति धेरै मस्तिष्क मन्थन गरिरहनु नपर्ने भएको छ । दाहाल प्रधानमन्त्री बनेपछि उनले गरेको भारतभ्रमण, उनले भारतमा गएर गरेका राष्ट्रियता र जनतन्त्रविरोधी सहमति र उनले त्यहाँ दिएका अभिव्यक्तिहरूले उनको पदस्थापना नेपालको हितका लागि नभएर भारतले गरेका नेपालविरोधी हर्कतका कारण नेपाली जनतामा उत्पन्न आक्रोशलाई बङ्ग्याउन, उल्ट्याउन र मत्थर गर्न प्रायोजित छन् भन्ने देखिन्छ । नेपालका शासकहरूले हिजो पनि आफ्नो कुर्सीको स्वार्थमा नेपिालविरोधी सन्धि, सम्झौता र सहमतिहरू गरेका छन् ।

सुगौलीदेखि कोसी, गण्डक, कालापानी, महाकाली, अरुण तेस्रो, कोसी हाइड्याम, अपर कर्णाली, बिप्पालगायत नेपालविरोधी सन्धिसम्झौताका कारण नेपाली जनतालाई दुःख मात्र भएको छैन, शिर पनि निहु¥ाइदिएको छ । भारतपरस्त भनेरै चिनिएका र बदनाम भएका काङ्ग्रेस–एमालेले नेपालको स्वार्थविरुद्ध सत्ताका लागि भारतसँग सम्झौता गर्नु बुझ्न सकिने कुरा हो तर जनयुद्धबाट आएका पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरूले बिप्पा गर्नु नसुहाउने मात्र नभई गम्भीर प्रकारको षड्यन्त्र हो । संसारलाई हेर्ने र बुझ्ने नेपालको आफ्नै दृष्टिकोण छ र हुनुपर्छ तर दाहालले हालसालै गरेको भारत भ्रमणका क्रममा अब नेपालले भारतकै दृष्टिले संसारलाई हेर्नेछ भन्ने शैलीको राष्ट्रघाती र बदनाम सहमति गरेर आएका छन् । यो उनमा आएको विचलन र स्खलनको पराकाष्टा त हुँदै हो, नेपाली जनतामाथिको नयाँ शैलीको सुगौली सन्धि पनि हो ।

हिन्दी भाषालाई नेपालको राष्ट्रभाषा बनाउनुपर्छ भनेर हिजोदेखि नै भारतपरस्तहरूले भन्दै ाएका थिए र यतिबेला पनि उनीहरूले त्यो दाहो¥याउँदै
आएका छन् । हिन्दी नेपाली जनताको मातृभाषा होइन भन्ने कुरा छर्लङ्ग छ । नेपालमा मातृभाषाका रूपमा हिन्दी बोल्नेहरू कोही छैनन् । कसैले पनि मातृभाषाका रूपमा नबोल्ने र भारतमै पनि आलोच्य र विवादित भाषालाई नेपालको राष्ट्र भाषा बनाउनुपर्छ भनेर हिजोदेखि नै केही भारतपरस्त मधेसी नेताहरूले उठाएको मागलाई पुष्पकमल दाहाल प्रधानमन्त्री भएको समयमा संसद्बाट पारित गराउन आरम्भ गरिएको गतिविधि र कसरतले दाहालले यस विषयमा भारतमै सहमति गरेर आएका रहेछन् भन्ने बुझ्न कुनै गाह्रो पर्दैन ।

काठमाडौँ–निजगढ फास्ट ट्र्याक (द्रुत मार्ग निर्माण गर्ने जिम्मा नेपाललाई जति घाटा परे पनि र जतिसुकै राष्ट्रियताविरोधी भए पनि भारतीयलाई नै दिनुपर्छ भन्ने काङ्ग्रेसका विमलेन्द्र निधि र माकेका विवादास्पद नेता कृष्णबहादुर महराले दिल्लीलाई रिझाएर दाहाल नेतृत्वमा सरकार गठन गर्ने योजना बनाएको चर्चा नयाँ होइन । यतिबेला तराई मधेसका केही शंकास्पद व्यक्तिहरूलाई रिझाउन हिन्दी भाषालाई नेपालको राष्ट्रभाषाको मान्यता दिन लागिएको हो भने नेपालको राष्ट्रियतामाथि यहाँभन्दा ठूलो घात र प्रहार के हुनसक्छ ? यो षड्यन्त्रलाई मूर्त रूप दिने हर्कत भएमा नेपाली जनताले फेरि यसका विरुद्ध शक्तिशाली सङ्घर्ष उठान गर्नुपर्छ र भारतपरस्त चिन्तन, प्रवृत्ति र दलालीलाई अन्त्य गर्नुपर्छ ।

 यति बेला पनि नेपाली जनता महँगी, कालोबजारी र भ्रष्टाचारले आक्रान्त छन् । मुलुक बेरोजगार उत्पन्न गर्ने कारखानाजस्तो बनेको छ । युवाहरू जीवनकै जोखिम मोलेर न्यून वेतनका लागि अरब खाडी मुलुकहरूमा भौँतारिइरहेका छन् । देशमै उद्योग, कलकारखाना खोलेर रोजगार दिन र आत्मनिर्भर बनाउनभन्दा सरकार युवालाई देशबाहिर निकालेर शान्ति र चैनको निद्रा सुतिरहेको छ । भूकम्प, बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपहरूले जनता आहत छन् ।

अदक्षवाले अरब भरिएको छ भने सुनौलो भविष्य बोकेका किशोरकिशोरीहरूको मनमस्तिष्कमा बाल्यकालदेखि नै नेपालमा जन्मिनु र बस्नुपरेकोमा पश्चातापबोध गराउने र जस्तोसुकै मूल्य चुकाएर भए पनि अध्ययन र जीविकोपार्जनको बहानामा जन्मभूमि छाडेर विदेश पलायन हुने ‘सपना’ कोचिएको छ । एकातिर मुलुकका असली नागरिकहरूलाई देश छोडेर हिँड्न विवश बनाउने र अर्कातिर छिमेकीहरूलाई नागरिकता बाँड्दै र अर्काको भाषा अनिवार्य गरी राष्ट्रभाषा निर्माण गर्नेतिर शासकहरूको ध्यान गएको देख्दा यिनीहरूको नसा र धमनीमा मात्र होइन, मनमस्तिष्कमा पनि राष्ट्रघात दुगुरिरहेको अनुभूत गर्न सकिन्छ । जुनसुकै नामका शासकहरूले पनि कुन कुरा बुझिराख्दा राम्रो हुन्छ भने जनता राष्ट्रघाती हुँदैनन्÷छैनन् र तिनले जस्तोसुकै विद्रोह र क्रान्तिको नेतृत्व गरेर भए पनि राष्ट्रियता र जनतन्त्र कायम गरेरै छोड्छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :