माओवादी र सरकारी सेनाबीच दाेहाेराे फाइरिङ / ११ सरकारी सेनाको मृत्यु, १० घाइते


काठमाडौं / साउन ९ :  फिलिपिन्समा माओवादी र सरकारी सेनाबीच भएको दाेहाेराे फाइरिङमा ११ सरकारी सेनाको मृत्यु भएको छ । घटनामा परि १० जना घाइते भएका छन् । जुलाई १६ को ५ ३० मा माओवादी सेना न्यु पिपुल्स आर्मीका जेबोन्गा पेनिनस्ला रिजनल अपरेशन कमाण्डको एम्बुसमा परेर सरकारी सेनाको मृत्यु र घाइते भएका हुन् । उक्त दाेहाेराे फाइरिङमा माओवादी सेनाका ५ जना घाइते भएका छन् । पछिल्ला दिनमा सरकारी पक्ष र माओवादी पार्टीबीच युद्धविराम भंग भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :