नेकपाले गर्यो जनयुद्धका प्राविधिक योद्धालाई सम्मान

नेकपाले गर्यो जनयुद्धका प्राविधिक योद्धालाई सम्मान

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जनयुद्धका इमानदार प्राविधिक योद्धा लालबहादुर विक ‘तेजाब’ लाई सम्मान गरेको छ ।

नेकपा भेरी नगरपालिकाद्वारा भेरी नगरपालिका वडा नम्बर १ डौरीकाँडामा आयोजित विशेष कार्यक्रममा महान् जनयुद्धमा उनले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि भेरी नगरपालिकाका इन्चार्ज प्रेमबहादुर शाही, विशेष अतिथि अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष विराजन शाही, अतिथि, प्रवासी नेपाली जनसमाज भारत हिमाञ्चल राज्य संयोजन समिति सदस्य जनकबहादुर थापा थिए । सम्मान कार्यक्रमको अध्यक्षता विशाल चनारा र सञ्चालन विक्रमले गरेका थिए ।

कार्यक्रमका अतिथि र वक्ताहरूले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपालमा वैज्ञानिक समाजवाद स्थापना गरी आमनेपाली जनताको अधिकार सुनिश्चित गर्ने उद्घोष गरेको जाजरकोटबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :