रातो खबर प्रकाशन गृहको सुझाव संकलन कार्यक्रम शुरु

अम्विका चन्द / झनक श्रेष्ठ / काठमाडाैं, साउन ५ : काठमाडौ रातो खबर प्रकाशन गृहको आयोजनामा अहिले काठमाडौंको बागबजारमा अन्तरक्रियात्मक चियापान तथा भेटघाट कार्यक्रम भइरहेको छ । प्रकाशनगृहअन्तर्गत सञ्चालित इ रातो खबर अनलाइनलाई आवश्यक सल्लाह सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य मुख्य भाग रेडियो मिर्मिरे ८९.४मेघाहर्जबाट प्रत्यक्ष प्रसारण हुनेछ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन, सल्लाहकार समितिका संयोजक ईश्वरीप्रसाद दाहाल असारे काका, नेकपाका केन्द्रीय सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका अध्यक्ष,बरिष्ठ जनकवि पूर्ण विराम पत्रकारलगायतको उपस्थिति रहेको छ । कार्यक्रमको अध्यक्षता रातो खबर प्रकाशनगृहका निर्देशक अनिल शर्मा विरहीले गरिरहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :