वैकल्पिक शक्तिका रूपमा स्थापित भयो – नेकपा

18056689_410806395953839_8120145859482754726_nअम्बिका चन्द / काठमाडौं, साउन ४ : पुरानो संसदीय राज्य व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा प्रस्तुत गरेको नेकपाले स्थानीय निकायको चुनावलाई बहिष्कार मात्र गरेन, खारेज र सशक्त प्रतिरोध पनि ग¥यो । अहिले नेकपाका विभिन्न निकायहरूस्थानीय चुनावलाई केन्द्रमा राखेर सञ्चालन गरिएको ‘एकीकृत जनजागरण तथा जनप्रतिरोध अभियान’को समीक्षामा जुटेका छन् । चुनाव खारेजी अभियानको बेला निकै चासोपूर्वक हेरिएको चितवनमा अभियान निकै सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । जिल्ला, एरिया र वडासम्मका समीक्षाहरू सम्पन्न गर्न सफल रहेको चितवन जिल्लाका इन्चार्ज लालबहादुर बीसीले आफ्नो पार्टीको एजेन्डा जनतामा स्थापित भएको बताउनुभयो ।

राजनीतिक रूपले वर्तमान व्यवस्थाका विरुद्ध सशक्त एवम् जुझारु वैकल्पिक धारका रूपमा पनि आफ्नो पार्टी खडा भएको निष्कर्षसहित इन्चार्ज बीसीले पार्टीको आन्तरिक पङ्क्ति निकै एकीकृतरूपमा परिचालित भएको बताउनु भयो ।यसैबीच नेकपा सेती ब्युरोले चुनाव खारेजी अभियानको दौरानमा सहादत प्राप्त गर्ने कैलाली जिल्ला सदस्य चन्द्रबहादुर सेन‘सनराइज’ लाई एकीकृत जनक्रान्तिको प्रथम सहिद घोषणा गर्ने निर्णय गरेको छ । साथै सहिद सनराइजको स्मृतिमा दस लाखको कोष खडा गरेर जनपक्षीय काममा लगाउने निर्णय पनि भएको छ । स्थानीय निकायको चुनाव खारेज अभियानबाट आफ्नो पार्टीको एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा जनतामा स्थापित हुँदैगएको निष्कर्ष नेकपाको सेती ब्युरोको छ ।

सुदूरपश्चिमको महाकाली ब्युरोले पनि चुनाव खारेज तथा प्रतिरोध अभियानको समीक्षा गरेको छ । ब्युरो इन्चार्ज सम्झना घर्ती‘असिना’ले राज्य बर्बर तानाशाही शैलीमा दमनमा उत्रिएपनि चुनाव खारेजी अभियान महाकालीमा सफल रहेको बताउनुभयो । दलाल सत्ताका प्रतिनिधिहरूले आफ्नो अस्तित्व जोगाउन मासु,मदिरा,लत्ताकपडा, चामल,साइकल, चोरीका मोटरसाइकल र हजारदेखि २५ हजारसम्म पैसा वितरण गरेर लाजमर्दो हर्कत चुनावी अभियानका क्रममा भेटिएको इन्चार्ज असिनाको भनाइ छ । उहाँले महाकालीमा आफ्नो पार्टीको अभियान सफल भएको बताउनुभयो ।

marchal

यस्तै केन्द्रीय सदस्यसहित २७ जना नेता–कार्यकर्ता गिरफ्तारी दिएको मेची ब्युरोले पनि आफ्नो समीक्षात्मक बैठक सम्पन्न गरेको छ । ब्युरोका कावा इन्चार्जको भूमिका समाल्नुभएका थमनसिंह राई ‘निर्मल’ले ताप्लेजुङ, झापालगायत जिल्लाहरूमा अभियान सफल भएको प्रतिक्रिया दिनुभएको छ । राज्यले दमन गरेको तर दमनले इतिहासको गति पछाडि धकेलिने भए समाज अहिले पनि दास युगमा रहनेथियो भन्दै निर्मलले चुनाव खारेज अभियानबाट नेपालमा क्रान्तिकारी धाराका रूपमा नेकपा सशक्त रूपमा स्थापित भएको प्रस्ट पार्नुभयो ।यता उपत्यकाअन्तर्गतका जिल्लाहरूका पनि समीक्षाबैठकहरू भएका छन् । रणनीतिक महत्वको हिसाबले संवेदनशील मानिने उपत्यकामा चुनाव खारेज तथा प्रतिरोध अभियान सापेक्षित रूपमा सफल रहेको नेकपाले बताएको छ । नेकपाका केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज आजादले चुनाव खारेजी अभियानबाट नेकपालाई राजनीतिकरूपले वैकल्पिक शक्तिमा स्थापित गरेको बताउनुभयो ।

यस्तै नेकपाका सगरमाथा ब्युरो कार्यालय सचिव शैलेन्द्रले पनि अभियान सफल रहेको वताउनुभएको छ । यस्तै चुनाव खारेज अभियानमा चर्चामा रहेको दाङको समीक्षा बैठक पनि सम्पन्न भएको छ । बैठकले चौतर्फी घेराबन्दीकाबीचमा पनि चुनाव खारेज अभियान सफल भएको निष्कर्ष निकालेको छ । साथै वर्तमान संसदीय व्यवस्थाका विरुद्धसर्वहारावर्गीय समाजवादीधाराकारूपमा आफ्नो पार्टीको विचार स्थापित भएको निष्कर्ष पनि निकालिएको छ ।

उता सरकार र मधेसी दलकाबीचमा केमेस्ट्री नमिलेर चुनाव हुन नसकेको दुई नम्बर प्रदेशअन्तर्गतका जिल्लाहरूमा भने अहिले पनि अभियान चलिरहेको बताइएको छ । जनकपुरका कावा इन्चार्ज देवनारायणले सर्लाही, महोत्तरी, धनुषा,सिराहा, सप्तरीलगायत जिल्लाहरूमा अभियान जारी रहेको जानकारी दिनुभएको छ । उहाँले आफ्नो पार्टीका सङ्गठनहरू पनि बढ्दै गएको समर्थक र शुभचिन्तकहरूको को संख्याबढिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :