संयुक्त रुपमा वैठक तथा प्रशिक्षण सम्पन्न

संयुक्त रुपमा वैठक तथा प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कालीकोटको संयुक्त रुपमा वैठक तथा प्रशिक्षण कार्यकम सम्पन्न भएको छ ।

युवा संगठन नेपाल, कालीकोटका अध्यक्ष आत्मा क्षेत्रीको सभापतित्वमा जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यता, एरिया नम्बर २ का इन्चार्ज किरण र एरिया नम्बर ६ का इन्चार्ज रमेशको उपस्थितिमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि रणदिपले, वर्तमान सरकारका गलत क्रियाकलापका विरुद्ध पार्टी र संगठनको नीति योजना र कार्यक्रमहरु जनता माँझ पुर्याउन संगठनको महत्वपूर्ण भुमिका हुने हुँदा उत्साहका साथ क्रियाशील भएर फिल्डमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले, वली सरकार र राज्य ब्यवस्था एकपछि अर्काे संकटमा फस्दै गएकोले उक्त संकट टार्न मन्त्रीमण्डल हेरफेर र संविधान संशोधन गर्न लागेकाले यो दुबै हल नभइँ स्वार्थ सिद्ध गर्नका लागि मात्र भएको बताए । यसको वैज्ञानिक हल भनेको ब्यवस्था परिवर्तन गरि एकीकृत जनक्रान्तिमार्फत ल्याउने वैज्ञानिक समाजवाद नै स्थायी हल भएकाले प्रतिबद्ध भएर लाग्न निर्देशन दिँदै २ महिने अभियानको योजना निर्माणसहित बैठक तथा प्रशिक्षण सम्पन्न गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :