नेपालमा आज १,४५९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३७१ पुग्यो

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा १,४५९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ६७६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ५५५, ललितपुरका ३५, र भक्तपुरका ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण भएको थियो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५६ हजार ७८८ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३७१ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ६२ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ४० हजार ६३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :