नेपालमा आज १,३२५ जना कोरोना सङ्क्रमित थपिए, ९६६ जना निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,३२५ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ७६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ६०२, ललितपुरका ६४, र भक्तपुरका १०१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६४ हजार १२२ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४११ पुगेको छ । पछिल्लो २४ घन्टामा ९६६ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ४६ हजार २२३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :