पार्टीका नाममा चन्दाको धन्दा चलाउने गिरोह पक्राउ


काठमाडौँ : विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता हुँ भन्दै व्यवसायीसँग चन्दा माग्ने काभ्रे पाँचखाल नगरपालिका वडा नं. ७ का विनोद मिजारलाई नेकपा काभ्रेले पाँचखालबाट पक्राउ गरेको छ ।

काभ्रेको पाँचखालमा रहेका विभिन्न व्यवसायी र ठेकेदारसँग विगत लामो समयदेखि धम्की दिँदै आफू विप्लव नेकपाको कार्यकर्ता हुँ भनी मोटो रकम माग गरेको पाइएकाले उनलाई पक्राउ गरी चेतावनीसहित छाडिएको काभ्रे पार्टी इन्चार्जले बताएका छन् । उनले पार्टीका नाममा गलत क्रियाकलाप गर्ने, पार्टीलाई बदनाम गर्नेहरूलाई भौतिक कारबाहीसमेत गर्ने जनाएका छन् ।

पछिल्लो समय नेकपाका नाममा चन्दाको धन्दा सञ्चालन गर्ने गिरोह सक्रिय बन्दै गएको पाइएको छ । दुई दिनअघि मात्र कास्कीमा यस्तै एउटा गिरोह पक्राउ परेको थियो भने काठमाडौँमा नक्कली पत्र बनाएर चन्दाको धन्दा सञ्चालन गरेको पाइएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :