पार्टीका नाममा चन्दा असुली गर्ने नुवाकोट संयोजक डीसीलाई अखिल क्रान्तिकारीले गर्यो निष्कासन

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले नुवाकोट संयोजक रामकुमार डीसीलाई सङ्गठनको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ ।

सङ्गठनका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले बिहीबार विज्ञप्ति जारी गरी डीसी आर्थिक अपराधजन्य क्रियाकलापमा संलग्न भएको पाइएको भन्दै उनलाई निष्कासन गरिएको जनाएका छन् ।

आर्थिक तथा साङ्गठानिक अराजकताका कारण डीसीलाई यसअघि निलम्बन गरिएको तर रूपान्तरण हुनुको साटो सङ्गठनको नीति र अनुशासनविपरीत गम्भीर आर्थिक अपराधजन्य गतिविधिमा संलग्न भएको पाइएकाले निष्कासन गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रो सङ्गठनका तत्कालीन नुवाकोट जिल्ला समिति संयोजक रहेका रामकुमार डीसीलाई आर्थिक तथा साङ्गठनिक अराजकताका कारण सङ्गठनद्वारा गत असार २०७७ मा निलम्बनसहितको आन्तरिक कारबाही गरिएकोमा रूपान्तरण हुनुको सट्टा सङ्गठनको नीति र अनुशासनविपरीत पुनः गम्भीर आर्थिक अपराधजन्य गतिविधिमा संलग्न भएको पाइएकाले निजलाई आजकै मितिबाट सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारर्बाही गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अखिल क्रान्तिकारीको रक्तरञ्जित झन्डालाई कुनै पनि व्यक्तिले दुरुपयोग नगर्न चेतावनी दिँदै संयोजक विकले सङ्गठनको बदनाम गर्नेहरूलाई कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :