अखिल (क्रान्तिकारी) दाङ द्वारा रक्तदान

काठमाडौँ : अखिल (क्रान्तिकारी) दाङ जिल्ला समितिले कोरोना भाइरस महामारीका कारण दाङ जिल्लामा देखिएको रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस्, हाम्रो सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अनिल केसीले बताए ।

सङ्गठनका दाङ जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत जिल्ला समिति र नगर समितिका १२ जनाले रक्तदान गरेका थिए । अन्य समयमा पनि बिरामीहरूलाई रगतको आवश्यकता परेको र रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको खण्डमा आफूहरूले सक्दो सहयोग गर्ने केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :