निर्वाचन परिणामको रुझान र खोरेजीको औचित्य : समिर यात्री

SAMIR YATRIसंसदवादीहरूले दलाल संसदीय सत्ताको चुनावी गर्जो टार्ने काम गरेका छन । जनताको क्रान्तिकारी संघर्षद्वारा २ दशक अघि नै ध्वस्त पारिएको प्रतिक्रियावादी सत्ताको स्थानिय तह आज नयाँ रंगरोगनकासाथ पुनस्थापित गर्न यो चुनावी नाटक मञ्चन गरिएको हो । जनयुद्धको नेतृत्व गरेको प्रचण्ड बाबुराम सहितको एउटा हिस्सा आत्मसमर्पण र गद्धारी गर्दै दलाल संसदवादको कारीन्दाको रूपमा पतन हुन पुगेसंगै क्रान्तिकारी आन्दोलनमा उतारको अवस्था आयो । देशी विदेशी प्रतिक्रान्तिकारी शक्तिहरूले प्रचण्ड बाबुराम रूपी घोडामा लगाम कस्दै पुरानै सारतत्वको संसदीय व्यवस्थालाई पुनस्थापित र सुदृढ गर्ने प्रपञ्च अगाडि बढाए । भरखरै सम्पन्न स्थानिय चुनावको नौटंकी यसै प्रक्रियाको अभिन्न अंग हो । खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बच्ने थलोको रूपमा बदनाम यो संसदीय व्यवस्था हाम्रो सन्दर्भमा असफल र अफापसिद्ध भईसकेको तथ्य विगत ३ दशकको अभ्यासबाट पुष्टि भइसकेको हो । आज यो दलाल संसदवादमा पतन हुन पुगेको छ । यस अर्थमा यो विगतको परमपरागत संसदीय प्रणाली भन्दा अझ बढी घातक छ । विगतमा अभ्यास गरिएको संसदीय प्रणालीमा भारतीय विस्तारवाद र घरेलु सामन्तबादको संयुक्त अधिनायकत्व कायम थियो । नायणहिटी दरबार ढले संगै आज दिल्ली दरबारको एकल अधिनायकत्व कायम हुन पुग्यो । यस अर्थमा यसलाई दलाल संसदवाद भनिएको हो ।
चुनावको सेरोफेरोमा देखा परेका केही परिदृश्यहरूले दलाल पुजीबादको नेपाली आयमलाई नै अभिव्यक्त गरेका छन । जस्तो कि,
१) दर्शनको अवसान : राजनितिक दलहरू दलालको रूपमा पतन भइसकेपछि उनीहरू आफ्नो राजनितिक विचारधारा , चिन्तन, आदर्श, निष्ठा र इमानबाट समेत च्युत हुन पुग्दछन । यो भनेको दर्शनको अवसान हो । चुनावमा कांग्रेस–माओवादीकेन्द्र, एमाले –राप्रपा, फोरम–नयाँ शक्ति आदिमा देखा परेको अस्लील गठजोड यसैका उपज हुन । यसले दलहरूको स्वत्व र स्वाभिमानको समेत अत्य गरिदिएको छ ।
२) निर्वाचन आचारसंहिता उलघंन : यस विचमा संसदवादीहरू आफैले आफ्नै लागि बनाएका निर्वाचन आचारसंहिता भंग गर्ने काम धेरै ठाउँमा गरे । तर यी विषय कसैले उठाउन चाहेनन । बहालवाला मन्त्रीहरू विकासका ललीपप बाड्दै टोलटोल सम्म पुगे । हेलिकप्टर चार्टर गर्दै एकै दिनमा दर्जनौ चुनावी सभालाई सम्बोधन गर्न भ्याए । लाखौ करोडौ पैसाको खोलो बगाएर नेता कार्यकर्तादेखि मतदाता सम्मको हाटबजार लगाइयो । यति सम्मकि पार्टीका चुनाव चिन्ह सहितका नक्कली लालपुर्जा बाड्ने काम समेत भयो ।
३) धाँधली र कब्जा : यस विचमा विशेष गरी रुकुम रोल्पातिर माकेले अन्य दलहरूलाई नजरबन्दको अबस्थामा राख्यो भने अन्य ठाउँमा अरूले पनि माकेमाथि भौतिक आर्कमणमा उत्रिएका घटनाहरू सार्वजनिक भए । खास गरी सत्ताको दुरूपयोग भरपुर मात्रामा भयोृ । भरतपुरको घटना यसको प्रतिनिधि उदाहरण हाृे । यी सबै घटनाले संसदवादीहरूको कथित लोकतन्त्रको मुकुण्डो उदाँगो पारिदिएको छ ।
४) बन्दुकको मोहरीभित्र चुनाव : चुनावको निमित्त सेना परिचालन गरियो । सुरक्षकर्मीलाई आदेश विनानै गोली ठोक्न पाउँने अधिकार प्रदान गरियो । चुनाव खारेज अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टीमाथि अघोषीत प्रतिबन्ध लगाउदै देशै भरि नेता कार्यकर्तालाई गैरकानुनी गिरफ्तार गर्ने , झुठ्ठा मुद्धामा फसाउने सम्मका हर्कत गरियो । कालिकोटको माल्कोटमा प्रहरी लगाएर घर–घरबाट जनतालाई निकाली मतदान गर्न बाध्य पारिएपछि जनताले प्रतिरोध गर्दा गोली चलाइयो । प्रहरीको गोली लागेर एकजनाको हत्या भयो र कयौ घाइते भए ।
कुनै पनि दलले चुनावमा सहभागि हुन पाउने या अस्वीकार गर्ने उसको लोकतान्त्रिक अधिकार हो। त्यसै गरी चुनावमा मतदान गर्ने या नगर्ने जनताको अधिकार लोकतन्त्रले सुनिश्चित गर्नु पर्दछ । लोकतान्त्रिक गणतन्त्र भनिएको यो दलाल पुजीवादी सत्ताले आफ्नै लोकतन्त्र र संविधानको समेत धज्जी उडाउदै
बन्दकुको मोहरीभित्र चुनावी नाटक मञ्चन ग¥यो । यस अर्थमा यो जनताको होइन , दलालहरूको तन्त्र हो भन्ने कुरा व्यवहारीक रूपमै पुष्टी भएको छ । यो दलाल संसदवादको नेपाली आयम सबैले देख्न र बुभmन सक्ने गरी प्रकट भएको छ ।
दलाल संसदवादीहरूको घटिया खेलखण्डको बाबजुद चुनावी नतिजाको रुझाम जे जस्तो देखा प¥यो ,यो नितान्त स्वाभाविक छ । जतिसुकै होहल्ला गरिए पनि बालिग मताधिकार प्रयोग गर्न सक्ने देशभित्रकै जनशक्तिको आधा हिस्सा पनि मतदानमा सहभागि भएको छैन । शासकहरूद्वारा लाज छोप्नलाई गरिने हिसावसँग यसको कुनै सरोकार छैन ।
मतदानमा सहभागि जनताको मनोविज्ञान मतपरिणामको रुझानमा अभिव्यक्त हुने गर्दछ । यसरी हेर्दा :
१) कुनै पनि संसदवादी शक्तिप्रति जनताको आशा, भरोसा र विश्वास रहेको देखिदैन् । चुनावैपिच्छे हरेक दलहरूको आकारमा हेरफेर हुन पुग्नु तर स्पष्ट बहुमत कसैको पक्षमा नदेखिनुले यसै कुराको पुष्टि गर्दछ । ‘सबै उस्तै हुन , एउटालाई भोट दिने हो, उस्लाई जित्न दिनुभन्दा यसैलाई दिऔं ’ भन्ने मानसिकता यो नतिजाको प्रमुख रुझान हो । यो मानसिकताभित्र वर्तमान संसदवादी प्रणालीप्रतिको असन्तुष्टी र क्रान्तिकारी विकल्पको खोजी अन्तरनिहित छ ।
२) राष्ट्रिय स्वाधिनता, अखण्डता र देशभक्तिपुर्ण भावना यो नतिजाको दोस्रो रुझान हो । वास्तवमा नेपाली समाज राष्ट्रिय स्वाधिनता , एकता र अखण्डताप्रति निकै सचेत छ । राष्ट्रिय एकता र सामाजिक सद्भाव खलबल्याउने गरी उठाएका क्षेत्रियतावादी र पहिचानवादी मुद्धाहरूले समाजलाई चिन्तीत बनाएको यो अवस्थामा मतदानको नतिजामा देशभक्तिपूर्ण रुझान सशक्त रूपमा देखा पर्नु स्वभावविक छ । तर यो सामाजिक मनोविज्ञानबाट चुनावी फाईदा उठाउनेहरूले खास अर्थमा यो रुझानको प्रतिनिधित्व गर्दैनन् भन्ने कुरा बुझन धेरै समय लाग्ने छैन । किनकी यी सबै संसदवादीहरू निगम पुजीवादका कारीन्दा हुन । निगम पुजीवाद हाम्रो सन्दर्भमा दलालपूजीवाद नै हो ।
यहासम्म आईपुग्दा दलाल संसदवादीहरूको लोकतान्त्रिक गणतन्त्र वेनाकाव हुन पुगेको छ । जनताको आँखामा छारो हाल्नको लागि निर्माण गरिएको यो संघिय संरचना सफल हुने त परको कुरा छ, राष्ट्र र जनताको लागि घाँडो हुने निश्चित छ । दुनियामा दलाल पुजीवादले कतै पनि राष्ट्र र जनताको भविष्य सुरक्षित गरेको छैन । नेपाल त्यसको अपवाद हुन सक्दैन । मानव जातिको भविष्य वैज्ञानिक समाजवादमा मात्र सुरक्षित हुन सक्दछ । दलाल संसदवादको भुलभुलैयामा रुमलिएर होइन ,मानव जातिको सर्वोत्तम सभ्यता वैज्ञानिक समाजवाद निर्माणको दिशामा अगाडी बढेर मात्रै सबै प्रकारका खरावीहरूको अन्त्य गर्न सकिन्छ । यस अर्थमा दलाल संसदीय प्रणाली भित्रको चुनाव खारेजीको औचित्य सानदार ढंगले पूष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :