अवैध रूपमा चिन छिरेका पाँच भारतीय भारतलाई फिर्ता गरियो

काठमाडौँ : चीन र भारतबीच सीमा विवाद चर्किरहेको समयमा अवैध रूपमा चीन प्रवेश गर्ने पाँच भारतीय नागरिकलाई चिनियाँ जनमुक्ति सेनाले भारतीय सेनाको जिम्मा लगाइदिएको छ । अरुणान्चल प्रदेशबाट हराएका पाँच यभारतीय नागरिकलाई चिनियाँ जनमुक्ति सेनाले शनिबार भारतीय सेनाको जिम्मा लगाएको हो ।

सबै औपचारिकता पूरा गरेपछि भारतीय सेनाले किबिटुुबाट ती व्यक्तिहरूलाई फिर्ता ल्याएको हो । यी सबैलाई कोभिड १९ प्रोटोकलअन्तर्गत १४ दिने क्वारेन्टाइनमा राखेर उनीहरूको परिवारको जिम्मा लगाइने जानकारी तेजपुर डिफेन्सका जनसम्पर्क अधिकारीले दिएका छन् ।

४ सेप्टेम्बरमा सनसिरी जिल्लामा भारत–चीन सीमाबाट हराएका ५ भारतीय युवा आफ्नो देशको सीमाभित्र भेटिएको जानकारी मङ्गलबार चिनियाँ जनसेनाले दिएको थियो ।

सिकार खेल्न जङ्गल गएका युवाहरूले दिएको जानकारीका आधारमा यी युवाहरू कहाँ बेपत्ता भए भन्ने पत्ता लागेको हो । सैनिक गस्ती क्षेत्र सेरा–७ बाट चिनियाँ जनमुक्ति सेनाले ५ युवकलाई लगेको जानकारी उनीहरूले दिएका थिए । यो स्थान नाचोदेखि १२ किलोमिटर उत्तरमा पर्छ ।

म्याकमोहन रेखामा पर्ने नाचो चीनसँगको सीमा क्षेत्रमा भारतको अन्तिम प्रशासनिक क्षेत्र रहेको र यो दिपोरिजो जिल्ला मुख्यालयबाट १ सय २० किलोमिटर टाढा रहेको दाबी भारतीय पक्षको छ ।

स्रोत : एजेन्सीहरू र अमर उजाला

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :