अखिल (क्रान्तिकारी)द्वारा कञ्चनपुरमा रक्तदान


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती-महाकाली समन्वय समिति अन्तरगत कञ्चनपुर जिल्ला समितिको आयोजनामा शुक्रबार अखिल क्रान्तिकारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

प्राप्त जानकारीअनुसार क्रान्तिकारीले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । ६० जना विद्यार्थीले रक्तदान गरेको क्रान्तिकारीले जनाएको छ ।

ब्लड बैङ्कमा रगतको अभाव हुँदा आवश्यक पर्नासाथ क्रान्तिकारीले रक्तदान गरी रगतको व्यवस्था मिलाउने प्रतिबद्धता सङ्गठनले जनाएको छ ।

विश्वव्यापी रुपमा कोरोना सङ्कट गहिरिदै गएपछि अस्पतालहरुमा रगतको समस्या रहेको बेला अखिल (क्रान्तिकारी) ले एक कार्यक्रमको आयोजना गरी रक्तदान सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :