बाढीले पुल र घर बगायो / १० जना बेपत्ता

19905228_726774770850621_1162370232800647822_n
तस्वीर : कल्पना खड्का

काठमाडौं / साउन १ :  रामेछाप जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिकाको सीमाना स्थित छत्याउने खोलाको बाढीले पुल र घर बगाएसँगै १० जना बेपत्ता भएका छन् । उद्धारको क्रममा स्थानीय ४५ वर्षीय अशोक तमाङको र ७५ बर्षीय लालकुमारी खत्रीको शव फेला परेका छन् ।

सनिबार मध्यराती आएको बाढीले भर्खरै निर्माण गरिएको पक्की पुल र खोला किनाराका केही घर बगाएको जानकारी घटनास्थलमै रहेकी लिखु गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहालले दिएकी छन् । ६ जना स्थानीयलाई घाइते अवस्थामा उद्दार गरिएको छ । बाढीले बगाएको क्षेत्रमा खाजा खाने होटललगायत घरहरु रहेकाले र केही बेपत्तासमेत भएकाले घटनामा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । बाढी बस्तीमा पस्दा १०  जना बेपत्ता भएको अनुमान गरिएको छ ।

घटनाको खबर पाएलगत्तै उद्धारका लागि इलाका प्रहरी कार्यालय खिम्तीको टोली पुगेको छ । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरको दूरीमा छ ।  करिब १ दर्जन घाइते भएका छन् । उपचारको लागि उनीहरुलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको बताएकी छन् ।  बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।

19989534_1741286425885457_8473159092984943345_n
तस्वीर : कल्पना खड्का
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :