विदेशी भूमिमा आफ्नै सरकारविरुद्ध नाराबाजी


काठमाडौँ : वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकहरूले रोजगारी गुमाएर अलपत्र परिरहेको अवस्थामा स्वदेश फिर्ता हुन नपाएपछि आफ्नै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

साउदीका विभिन्न ठाउँमा छरिएर काम गरिरहेका श्रमिकहरू घर स्वदेश फिर्तीका लागि विमानस्थलमा भेला भएर लामो समयदेखि विमान कुरिरहेको भए पनि स्वदेश फिर्ता जान नपाउने अवस्था देखेपछि आक्रोशित हुँदै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

रोजगारीका लागि साउदी पुगेका श्रमिकहरूले केपी वली देश छोड्, नेपाली दूतावास खारेज गरलगायत नारा लगाएका छन् ।

कोरोना सङ्क्रमणका कारण साउदीमा पीसीआर परीक्षण सहज नभएको भन्दै साउदीसहितका केही खाडी मुलुकमा सरकारले चार्टर्ड उडान मात्रै गरिरहेका कारण हजारौँ नेपाली साउदीबाट घर फर्कन पाएका छैनन् ।

अहिले साउदी अरबको विमानस्थनमा हजारौँ श्रमिक विमान कुरेर बसिरहेको भए पनि सरकारले उनीहरूलाई तत्काल नेपाल फर्काउने वातावरण बनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :