गिरफ्तार गरिएकाहरूलाई बिनासर्त रिहा गर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले आफ्नो पार्टीका जिल्ला नेता–कार्यकर्ताहरूलाई प्रहरीले कुटपिट गरेर खुट्टा भाँचिदिएको र अमानवीय तरिकाले गिरफ्तार गर्ने कार्य जारी राखेको भन्दै सबैको ध्यानाकर्षण गराएको छ । साथै नेकपाले आफ्नो पार्टीका गिरफ्तार गरिएका नेता–कार्यकर्ताहरूलाई बिनासर्त रिहाइको माग पनि गरेको छ ।

नेकपा सिन्धुलीका तर्फबाट प्रसिद्धका नाममा सोमबार जारी प्रेस विज्ञप्तिमा आफ्नो पार्टीका जिल्ला सदस्य अखण्डलाई प्रहरीले गिरफ्तार गर्नका लागि गोली प्रहार गर्नुका साथै खुट्टा भाँचिदिएको भन्दै काठमाडौँको जोरपाटीमा रहेको एक अस्पतालमा उपचार गराइरहेको बेला अमानवीय ढङ्गले गिरफ्तार गरेकाले बिनासर्त रिहाइको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :