‘भ्रष्टहरूलाई जनताले खोजीखोजी कारबाही गर्छन्’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ललितपुरले ललितपुरमा नेवार समुदायले मनाउँदै आएको रातो मच्छिन्द्रनाथको जात्रामा सरकारले बल प्रयोग गरी हस्तक्षेप गर्नुका साथै केहीलाई गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ ।

ललितपुरका सेक्रेटरी विदुषीले प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक महत्व रहेको नेवार समुदायको आस्था र विश्वासमाथि कुल्चिएर सरकारले आफ्नो चरित्र उदाङ्गो पारेको भन्दै जनतासँग समन्वय गरेर अगाडि बढ्नुको साटो प्रशासनले बल प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

सीसीटीभी फुटेज हेरीहेरी जनताका छोराछोरीहरूलाई घरघरमा गएर लछारपछार गरी झूट्टा मुद्दा लगाएर दुःख दिने कार्य गरेको भन्दै जनप्रतिनिधिहरूको घरघरमा गएर भ्रष्टहरूलाई खोजीखोजी जनताले कारबाही गर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :