कोरोनाबाट नेपालमा एकै दिन ११ को मृत्यु

काठमाडौँ  : नेपालमा पछिल्लो २४ घन्टामा बुधबार ११ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एकै दिन यति धेरै मानिस कोरोनाबाट मरेको पहिलो घटना हो । बुधबार २ जना महिला र ९ पुरुषसहित ११ जनाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
कोरोनाबाट मृत्यु हुनेमा मोरङका १, भक्तपुरका १, कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौँका १ र बाराका २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १७५ पुगेको छ ।
यसैगरी विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८ लाख २९ हजार ६ सय ६५ पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । त्यहाँ अहिलेसम्म १ लाख ८३ हजार ६ सय ५३ को मृत्यु भएको छ । यस्तै दोस्रो प्रभावित देश ब्राजिलमा १ लाख १७ हजार ७ सय ५६ को मृत्यु भएको छ भने तेस्रो प्रभावित भारतमा ६० हजार ६ सय २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :