नेकपाद्वारा बाढीपहिरो पीडितको उद्धारमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन

काठमाडौँ : नेकपा ताम्सालिङ ब्युरो इन्चार्ज आधारले प्रेस विज्ञप्ति जारी गरी अविरल वर्षा र बाढीपहिरोका कारण साउन ३० गते बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ मा ठूलो धनजनको क्षति भएकाले बाढीपहिरोमा परेर ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । इन्चार्ज आधारले मृतकका आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको उद्धार तथा खोजीकार्यमा तीव्रताका साथ लागिपर्न र बाढीपहिरो पीडितहरूका निमित्त राहतमा जुट्न आम पार्टीपङ्क्तिलाई विशेष निर्देशन पनि गरेका छन् ।

आधारको विज्ञप्तिमा भनिएको छ, ‘अविरल वर्षा र बाढीपहिरोका कारण साउन ३० गते बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ मा ठूलो धनजनको क्षति भएको छ । उक्त बाढीपहिरोमा परेर ज्यान गुमाउनु भएकाहरूप्रति हाम्रो पार्टी उच्च दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । त्यस्तै मृतकका आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । उक्त बाढीपहिरोमा परी बेपत्ता हुनुभएकाहरूको उद्धार तथा खोजीकार्यमा तीव्रताका साथ लागिपर्न र बाढीपहिरो पीडितहरूका निमित्त राहतमा जुट्न आम पार्टीपङ्क्तिलाई विशेष निर्देशन गरिन्छ । बाढीपहिरोमा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यी र यस्ता किसिमका प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकाले आमजनसमुदायहरूमा सतर्क र सजक रहनका निमित्त हाम्रो पार्टी हार्दिक अपिलसमेत गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :