रुसले बनाएको कोरोनाविरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने

काठमाडौँ : हालै रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् ।

केही दिनअघि रुसी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेका थिए । साथै उनले आफ्नी छोरीले समेत उक्त खोप प्रयोग गरेको बताएका थिए ।

रुसको उक्त भनाइबारे अमेरिकालगायत केही देशले शङ्का व्यक्त गरेको बेला फिलिपिन्स र भेनेजुएलाले भने रुसमा बनेको खोप प्रयोग गर्ने बताएका हुन् ।

रुसले पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप निर्माण गरेको भन्दै आफ्नो सफलता देख्न नचाहेनहरूले खोपका बारेमा शङ्का गरेको बताएको छ । रुसले उक्त खोप लाखौँ मानिसको पहुँचमा पुर्याउनका लागि उत्पादनमा तीव्रता दिने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :