नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो, आज ४६८ सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय दुई पुगेको छ ।

शनिबार सङ्क्रमितको ४६८ थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ । शनिबार नै कोरोनालाई पराजित गरेर घर फर्किनेको सङ्ख्या भने १ सय २४ रहेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको कुल सङ्ख्या १७ हजार २ सय १ पुगेको छ ।

शनिबार थपिएका कोरोना सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र १ सयजना रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८०, ललितपुरमा ११ र भक्तपुरमा ९ जना गरी जम्मा एक जना १ सयजना नयाँ सङ्क्रमित काठमाडौँ उपत्यकामा थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :