बागलुङमा पहिरो जाँदा दुईजनाको मृत्यु

काठमाडौँ : बागलुङको निसीखोलामा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । शुक्रबार राति माथिबाट खसेको पहिरोले घर पुर्दा निसीखोला गाउँपालिका ५ कारीका हीराबहादुर विकको परिवारका २ जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर हीराबहादुरका विकका १३ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै ५३ वर्षीया दिलसरा विक गम्भीर घाइते भएकी छिन् । अन्य तीनजनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

शुक्रबार बिहान मात्र सिन्धुपोल्चोकको लिदीमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने २७ जना अझै हराइरहेका छन् । उता कालीकोटमा पनि पहिरोले बगाएर ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :