नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सय नजिक

काठमाडौँ : कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २५ हजार नाघेको बेला नेपालमा मृत्यु हुनेको सङ्ख्या करिब १ सय पुगेको छ । नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको हो ।

मन्त्रालयका अनुसार आज मोरङमा १, सिराहामा १ र बारामा २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै विश्वभरि नै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ लाख ५८ हजार १४ पुगेको छ । त्यसमध्ये अमेरिकामा मात्र मृत्यु हुनेको सख्या १ लाख ७० हजारभन्दा बढी छ भने दोस्रोमा रहेको ब्राजिलमा १ लाख ५ हजारभन्दा बढी छ । यस्तै तेस्रोमा रहेको भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४८ हजारभन्दा बढी छ । विश्वभरि कोरोना सङ्क्रमितको सङ्ख्या भने २ करोड ११ लाख नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :