नेपालमा आज मात्र ५ सय ९४ जनाकोरोना सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ९४ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या भने पछिल्लो २४ घन्टामा २ सय ४० रहेको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म १७ हजार ७७ पुगेको छ ।

शुक्रबार थपिएका कोरोना सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र एक सय १९ जना रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना गरी जम्मा एक जना १९ जना नयाँ सङ्क्रमित काठमाडौँ उपत्यकामा थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :