रातो खबरका निर्देशक शर्माको स्वास्थ्य अवस्था अझै नाजुक, बिरामीवरिपरि अझै प्रहरीको घेराबन्दी

काठमाडौँ : लामो समयदेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ को स्वास्थ्य अवस्था अझै पनि उस्तै नाजुक अवस्थामा रहेको छ । शर्मालाई रातो खबर साप्ताहिकका प्रबन्धकनिर्देशक भीम चापागाईंले शुक्रबार अस्पतालमै भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । शर्माको स्वास्थ्य अवस्था अहिले पनि नाजुक रहेको र उठबस पनि गर्न नसक्ने अवस्था रहेको जानकारी भेटपछि चापागाईंले दिएका छन् ।

स्वास्थ्यमा गम्भीर प्रकारको समस्याका कारण निर्देशक शर्मा लामो समयदेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका छन् । अस्पतालमा उपचारमै रहेको बेला प्रहरीले उनलाई वैशाख २३ गते गिरफ्तार गरेको थियो । तर शर्माका पक्षबाट जिल्ला अदालतमा दायर रिटउपर भएको बहसमा अदालतले उनलाई रिहा गर्न आदेश दिएको भए पनि शर्मालाई पुनः गिरफ्तार गर्नसादा पोसाकका दुई प्रहरी क्याबिनभित्रै तैनाथ गरिएको छ । कानुन व्यवसायीहरूले भने यसरी पक्राउ पुर्जी जारी नगरेको व्यक्तिलाई निगरानी गर्न बिरामी बसेको क्याबिनमै प्रहरी खटाउनु कानुनविपरीत भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :