पहिरोमा परी सिन्धुपाल्चोकमा तीन दर्जनभन्दा बढी बेपत्ता भएको अनुमान


काठमाडौँ : शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ को लिदीमा गएको पहिरोमा परी बेपत्ता हुनेको सङ्ख्या ३ दर्जनभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । यस्तै पहिरोका कारण अहिलेसम्म २७ घर पुरिएको बताइएको छ । स्थानीय बासिन्दाका अनुसार त्यस क्षेत्रमा ३५ भन्दा बढी बेपत्ता भएको हुनसक्ने अनुमान छ । पहिरोमा परी हताहत हुनेको सङ्ख्या अझैसम्म एकिन हुनसकेको छैन । पहिरोले बगाएका मध्ये धेरैजसो घरको नामोनिशान छैन ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटा र बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल पहिरो गएको ठाउँमा अवलोकन गर्न गएका छन् ।

साउन २३ गते उक्त ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानान्तरण गर्न निवेदन दिएको जनाइएको छ तर स्थानीय सरकारले जनताको उक्त निवेदमा ध्यान नदिँदा ठूलो धनजनको क्षति हुन पुगेको छ । समयमै पहिरो जोखिम बस्तीको अनुगमन र निरीक्षण गरी सुरक्षित ठाउँमा स्थानान्तरण नगरेका कारण शुुक्रबार बिहानै ठूलो धनजनको क्षति हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :