नर्स नै सङ्क्रमित भएपछि भरतपुर अस्पताल सिल

काठमाडौँ : चितवनको भरतपुर अस्पतालमा स्वाब सङ्कलन गरिएका १३ जना र अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्समा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ ।

अस्पतालमा बिहीबार उपचारका लागि आएका बिरामीले स्वाब छोडेर गएको र त्यसमध्येबाट केहीमा कोरोना सङ्क्रमण भेटिएको हो ।

सङ्क्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ८ जना छन् । यस्तै राप्ती नगरपालिका १, खैरहनी नगरपालिकाका १ र रत्ननगर नगरपालिकाका १ जना सङ्क्रमित छन् । यस्तै भरतपुर अस्पतालमा उपचारका लागि आएका मकवानपुरका १, नवलपुरका १ र सर्लाहीका १ जना छन् ।

यस्तै अस्पतालको आकस्मिक कक्षमा नै कार्यरत एक नर्समा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :