कालीकोटमा पहिरोले पुरिएका एकै घरका ६ जनाको मृत्यु


काठमाडौँ : कालीकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा एउटा घर पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको हो । गएराती झरेको पहिरोले रजबहादुर बिष्टको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएका बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिलबहादुर बिष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको हो ।

यसैबीच बिहीबार बेलुका त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको थाहा नगरपालिका गैरीगाउँमा पहिरोमा परी १ जना बेपत्ता भएका छन् । त्यस ठाउँमा एउटा स्काभेटर र ३ वटा ट्रिपर पनि पहिरोले पुरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :