पहिरो खस्दा १३ घर पुरिए, केही बेपत्ता

काठमाडौँ :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोमा परी ५ वटा घरका मानिस हराइरहेका छन् । ती घरमा कति मानिस थिए भन्ने एकिन हुनसकेको छैन । त्यस ठउँमा अझै धेरै घर उच्च जोखिममा छन् । उक्त ठाउँमा पहिरो झरिरहेकाले उद्धार टोली पुग्न नसकेको बताइएकोे छ ।

अविरल वर्षापछि आएको बाढीपहिरोमा परी यो वर्ष झन्डै दुई सयभन्दा बढी मानिसको ज्यान गएको र बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भइसकेको छ भने ठूलो परिमाणमा भौतिक सम्पत्तिको क्षति भएको छ । यसपटकको वर्षामा पहाडी जिल्लाहरुमा पहिरोले ठूलो क्षति पुर्याएको छ भने तराई ढुबानले प्रभावित भएको छ ।

बाढी, बहिरो र डुबानले जनता हताहत र बुघरबार हुँदा पनि सत्ताधारीहरु भने पीडितलाई राहत तथा उद्धार गर्नुभन्दा सत्ताशक्तिको लडाइँमा व्यस्त रहेका छन् । यसले जनआक्रोश बढाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :