कालीकोटमा नेकपाको प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले मेहेलमुडीमा बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ ।

उक्त प्रशिक्षणमा कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज विराटले प्रचण्डले समाप्त पार्न खोजेको क्रान्तिलाई आफ्नो पार्टीले बचाउँदै त्यसमा विकास गरिरहेको र अबको लडाइँ सुधारवादी अवसरवादी र दलाल प्रवृत्तिसँग भएकाले सचेत भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।

जिल्ला सेक्रेटरी रणदीपले वर्तमान कम्युनिस्ट नाउँको सरकार कोरोना र बाढीपहिरोको विपत्ति व्यवस्थापन गर्न पूरै असफल भएको बताए ।

उक्त प्रशिक्षण गाउँपालिका इन्चार्ज दानबहादुर बोहोराको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रशिक्षणमा जिल्ला सेक्रेटरी रणदीप, एरिया इन्चार्ज किरण, जिल्ला समिति सदस्य विषमलगायत सहभागी रहेको समाचारमा जनाइएको छ ।

नेकपाका नेता–कार्यकर्ताले कालीकोटमा जनश्रम र भेटघाट अभियान सञ्चालन गरिरहेका छन् । उक्त अभियान जिल्लाका सबै एरियामा सञ्चालन गर्ने नेकपा कालीकोटले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :